गठबन्धन जोगाउने नजोगाउनेमा नेकपा एमाले नै निर्णायक हो : इन्चार्ज साह

डिसी नेपाल
२८ माघ २०७९ २१:०८
92
Shares

विशाल बस्नेत

महोत्तरी । गठबन्धन जोगाउने, नजोगाउने विषयमा नेकपा एमाले निर्णायक रहेको माओवादी केन्द्रका केन्द्रीय  सदस्य गणेश साहले बताएका छन् । राष्ट्रपति निर्वाचनको विषयमा माओवादी केन्द्रले स्वतन्त्र व्यक्तित्व खोजीरहेको बताउँदै नेकपा एमालेले पनि यसलाई साथ दिनेमा  उनले विश्वास व्यक्त गरे ।

माओवादी केन्द्रको नामको सम्बन्धमासमेत छलफल भइइरहेको मधेश प्रदेशका इन्चार्जसमेत रहेका साहले जानकारी दिए । मधेश प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकमा सहभागी हुन आएका नेता साहले विदेशी शक्तिको हस्तक्षेपले नै पछिल्लो समय माओवादी केन्द्र कमजोर बन्दै गएको आरोप लगाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.