प्रेमीले अर्कैसँग बिहे गर्न लाग्दा आक्रोशित पूर्वप्रेमिकाहरूको समूह नै आएर धर्ना बसेपछि…

डिसी नेपाल
२९ माघ २०७९ १५:५१
620
Shares

काठमाडौं । एक जना युवकको बिहे स्थलबाहिर युवतीको समूह आएर धर्ना बसेपछि बिहे कार्यक्रममा हंगामा मच्चिएको छ । युवतीहरूले युवकलाई आफ्नो पूर्व प्रेमी भन्दै विवाह रोक्ने धम्की दिन थाले । युवकले आफूहरूसँग बिहे गर्ने वाचा गरेको तर अन्तिम समयमा आएर अर्कै युवतीसँग बिहे गरेको उनीहरूले बताए । कुरा चीनको युनान प्रान्तको हो ।

यो घटनाको भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा युवतीहरु विवाह हल बाहिर विरोध गरिरहेको देखाइएको छ । युवतीहरुको समूहले ब्यानर र पोस्टर बोकेर विरोध प्रदर्शन गरेका थिए । यति मात्र होइन, उनीहरूले युवकलाई बर्बाद गर्ने धम्की समेत दिए । विवाहमा लामो समयसम्म कोलाहल चलेको थियो ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार चेन (उपनाम) नाम गरेका युवकको फेब्रुअरी ६ मा विवाह भएको थियो। सबै तयारी सकियो । यसैबीच युवतीहरूको समूह आएर विवाह हलबाहिर धर्नामा बसे । उनीहरुको हातमा ब्यानर थियो, जसमा लेखिएको थियो– हामी चेनको पूर्व प्रेमिका हौँ, यो बिहे हुन सक्दैन । युवतीहरुले यो बिहे भयो भने सबै नष्ट गरिदिने बताए ।

विरोध प्रदर्शन देखेर त्यहाँ ठूलो संख्यामा मानिस जम्मा भएका थिए । बेहुला र दुलहीका परिवारका सदस्य पनि छक्क परेका थिए । यसबारे चेनले मिडियासँग भनेका छन्, ‘यो घटनाले मलाई निकै लज्जित बनाएको छ । श्रीमती पनि टाढा भइन् । उनी मसँग बोल्दा पनि बोल्दिनन् ।’

तर, चेनले आफूसँग धेरै प्रेमिका रहेको स्वीकार गरेका छन् । तर उनले ती सबैलाई ‘नाइँ’ भनेका थिए। अब उनी नयाँ जीवन सुरु गर्न चाहन्छन् । चेनका अनुसार – सुरुमा अपरिपक्व थिए । गल्ती भयो। केटीहरूलाई पनि दुख भयो। तर त्यो सबै मेरो विगत थियो। चेनले आफ्नो विगतको सम्बन्धको बारेमा विस्तृत भनेनन्, तर आफूले आफ्ना पूर्व प्रेमिकालाई गरेको कामको लागि माफी मागेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *