‘नम्बरी सुन’को ९० प्रतिशत छायांकन पुरा

डिसी नेपाल
७ फागुन २०७९ १३:५१
172
Shares

काठमाडौँ। राजु गिरीको निर्देशनमा निर्माण भैरहेकको सिनेमा ‘नम्बरी सुन’को ९० प्रतिशत छायांकन सकिएको छ। सिकाली चौरबाट सुरु भएको छायांकन अहिले लम्जुङ्गकको भुजुङ्ग गाउँमा १९ औं दिनको छायांकन चल्दैछ।

निर्माण टिमका अनुसार गुरुङ भाषाको छायांका स्थल भुजुङ्गमा पहिलो पटक नेपाली भाषाको छायांककन गरिएको हो। ७० बर्ष पुरानो कथा भएकाले पनि लम्जुङ्गको भुजुङ्ग गाउँमै सिनेमा खिच्नु परेको सिनेमाका कथाकार तथा प्रस्तुतकर्ता नारायण खाती बताउँछन्। निर्देशक गिरी सिनेमाको कथाले नै पौराणीक गाउँ खोजेकाले पनि उक्त स्थान खोज्दै जाँदा भुजुङ्ग गाउँ पुगिएको उल्लेख गरे।

नारायण खातीको कथा तथा प्रस्तुती रहेको सिनेमामा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृती ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, अनिता गिरी, मिठु मारकेन राजेन्द्र गिरी र आशा भारतीलगायतका कलाकारहरुको अभिनय रहनेछ।

सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने सिनेमामा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहनेछ। शिभम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको सिनेमालाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन्।

‘नम्बरी सुन’मा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछाने नृत्य निर्देशक, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन, अशोक रोक्काको मेकअप, मुख्य सहायक निर्देशनमा जिबन गौतम र प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी रहेको छन्। सिनेमामा अभिनेता तथा निर्माता किरण नेपाली भिलेनको भुमिका निर्वाह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.