चलचित्र ‘ए साथी सुन’को शिर्ष गीत रिलिज
काठमाडौँ। अभिनेत्री वर्षा शिवाकोटी र रमेश बानियाँ अभिनित सिनेमा ‘ए साथी सुन’को शिर्ष गीत रिलिज भएको छ। आइतबार इन्टरनेटमा रिलिज गरिएकोे शिर्ष गीतमा अभिनेत्री शिवाकोटी र डेव्यु अभिनेता बानियाँ फिचर्ड छन्। सार्वजनिक गीतमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।
सुरज अधिकारीको संगीत तथा रविना मगरकको शब्द रचना रहेको गीतमा अञ्जु पन्त र किरण भुजेलको स्वर सुन्न सकिन्छ। पोखराका रमणीय स्थानमा खिचिएको सिनेमाको सार्वजनिक गीतको भिडियामा रामजी लामिछानेले कोरियोग्राफी हेर्न सकिन्छ।
लभस्टोरी, थ्रीलर र कमेडी जानराको सिनेमामा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ। कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा सिनेमामा अभिनय गरेका छन्। जयनन्द लामा अभिनित अन्तिम सिनेमा ‘ए साथी सुन’ आगामी चैत १० गते रिलिज हुनेछ।
राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमालाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन्। इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह-निर्मातामा सुदीप पौडेल छन्। सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment