फुल और काँटेकी हिरोइन १२ वर्षपछि बलिउडमा

डिसी नेपाल
१० फागुन २०७९ १४:२२
4.1k
Shares

मुम्बई। भनिन्छ, हरेक अभिनेत्रीको आ–आफ्नै समय हुन्छ। के तपाईलाई अजय देवगनको सह–अभिनेत्री मधु शाह याद छ ?  हो उनै मधु शाह, जो फिल्म ‘फुल और काँटेमा १९९१ मा देखिएकी थिइन्।

हालै उनको  नयाँ फिल्म ‘अन कट ‘ को टिजर सार्वजनिक भएको छ र जुन फिल्मबाट उनले आफ्नो दमदार अभिनयले दर्शकलाई निकै प्रभावित बनाउने अडकलबाजी गरिएको छ।

टिजर सार्बजनिक भए पछि अब १२ वर्षपछि अभिनेत्री शाहले आफना फ्यानका लागि केही नयाँ ल्याउदैछिन् भन्ने चासोको विषय बन्न थालेको छ।

धेरैले यो पनि सोचिरहेका होलान कि यतिका वर्ष उनी कहाँ थिइन ? खासमा उनी यस अवधिमा धेरै तमिल, तेलुगु र मलयालम फिल्महरू गरेकी थिइन्। अब उनी बलिउडमा फर्कने भएकी छिन।

अब १२ बर्ष पछि ‘अन कट’वाट ठुलो पर्दामा देखिने भए पछि उनका फयानहरुले उनलाई प्रतिक्षा गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *