दयाहाङ र प्रकृतिको ‘बिहे पास’ टिजर सार्वजनिक

डिसी नेपाल
१० फागुन २०७९ १५:२५
300
Shares

काठमाडौँ। वर्षकै प्रतिक्षित फिल्मका रुपमा रहेको ‘बिहे पास’ को टिजर बुधबार सार्वजनीक गरिएको छ। दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर करिब साढे १ मिनेट लामो टिजर बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो।

फर्स्ट लुक पोस्टर सार्वजनीकसँगै चर्चामा रहेको ‘बिहे पास’ को टिजरमा दयाहाङ र प्रकृतिलाई पतिपत्नीको रुपमा देखाइएको छ। जहाँ प्रकृति सरकारी अधिकृत र दयाहाङ भने सरकारी जागिरको खोजीमा मरिमेटेको कुरा बुझिन्छ। टिजरमा आम नेपालीको चासो र चाहनाको बिषय समेटिएकाले पनि दर्शकले यो फिल्मप्रति निकै आश राखेको पाइन्छ।

प्रबेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेको फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई,बिशाल पहाडी,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने,नवीन शेरचन,उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन्।

शिब ढकालले खिचेको फिल्मका गीतमा प्रबेश मल्लिकको संगीत,डिपी खनालको गीत,शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ । रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन्। मर्रे केर,आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन्।

आरआर फिल्म प्रोडक्शनको निर्माण र बितरण रहेको फिल्म पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको हो। रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्मलाई निर्माण पक्षले नयाँ बर्ष २०८० को दर्शकलाई उपहार स्वरुप बैशाख १ गते प्रदर्शन गर्न लागेको बताउदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.