क्रिकेटर सौरभको बायोपिकमा रणवीर कपुर
मुम्बई। भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुलीको बायोपिक बन्ने भएको छ। फिल्ममा उनको भूमिका रणवीर कपुरले निभाउनेछन्। सौरभले आफ्नो बायोपिकको स्क्रिप्टका लागि अनुमति दिएका छन्। चाँडै नै यो फिल्मको सुटिङको काम सुरु हुँदै
फिल्ममा रणवीरबाहेक हालसम्म अन्य स्टार कास्ट फाइनल भइसकेका छैनन्। फिल्ममा अर्का पूर्व कप्तान एमएस धोनीको भूमिका पनि अन्य कलाकारमार्फत् देखाइनेछ।
हाल रणवीर फिल्म ‘तू झूठी मे मेक्कार’को प्रमोसनमा व्यस्त छन्। प्रमोसनबाट स्वतन्त्र भएपछि उनी गांगुलीको बायोपिकमा लाग्नेछन्। सौरभको बायोपिक नेट वेस्ट सिरिजमा गांगुलीको प्रस्तुती र पत्नी डोनासँगको सम्बन्धमा लक्षित हुनेछ।
सन् १९८३ पछि गांगुलीले २००३ मा भारतीय क्रिकेट टिमलाई आइसीसी वनडे वल्र्ड क्रिकेटको फाइनलमा लगेका थिए। यो काम गर्ने उनी पहिलो कप्तान हुन् । भलै त्यो समयमा भारतीय टिम अष्ट्रेलियासँग पराजित भएको थियो।
गांगुलीले भारतीय क्रिकेट टिमलाई वीरेन्द्र सहवाग, मोहम्मद कैफ, युवराज सिंह, हरभजन सिंह र इरफान पठान जस्ता खेलाडी दिएका छन्।







डिसी नेपाल







Facebook Comment