सन्दीपको निवेदन न्यायाधीश ईश्वर खतिवडाको इजलासमा
कामठाडाैं। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पाटन उच्च अदालतले गरेको फैसलामाथिको पुनरावेदनउपर आज सर्वोच्चमा सुनुवाइ हुँदैछ।
क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित सन्दीप लामिछाने दिएको निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको हाे। १५औं नम्बरमा लामिछानेको मुद्दा पेसी रहेको छ।
जबरजस्ती करणी आरोपमा जिल्ला अदालत काठमाडौंले थुनामा पठाएका सन्दीपलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
अदालतले सन्दीपलाई काठमाडौंभन्दा बाहिर जान नपाउने सर्त राख्दै रिहा गरेको थियो। उक्त सर्तअनुसार उनी खेल्नका लागि दुबई जान पाउने छैनन्। त्यही सर्त खारेज गर्दै खेल्नका लागि दुबई जान पाउनुपर्ने माग राख्दै निवेदन दिइएको हो।
संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुने क्रिकेट प्रतियोगिता खेल्नका लागि जान पाउनुपर्ने मागसहित बिहीबार लामिछानेका तर्फबाट अधिवक्ता सरोज घिमिरेले निवेदन दिएका थिए।
नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म युएई र पपुवान्युगिनीसँग शृङ्खला खेल्दैछ।
हेर्नुहोस् भिडियो:
No ads found for this position

डिसी नेपाल
Facebook Comment