उपराष्ट्रपति जसपालाई!

डिसी नेपाल
१२ फागुन २०७९ २०:०९
2.1k
Shares

काठमाडौं। बालुवाटारमा बसेको पुरानो गठबन्धनको बैठकले भावी राष्ट्रपति र उपराष्ट्रपतिका विषयमा सहमति जुटाएको छ। ८ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिन सहमति जुटेको छ भने उपराष्ट्रपति जसपालाई दिने सैद्धान्तिक सहमति भएको छ।

पुरानो गठबन्धनको बैठकमा जनमत, नागरिक उम्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी पनि मिसिएका छन्। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुटारमा बसेको ८ दलको बैठकमा कांग्रेसलाई राष्ट्रपति र उपराष्ट्रपति जसपालाई दिने सहमति जुटेको हो।

‘बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ, उपराष्ट्रपतिमा ठोस सहमति नभए पनि जसपालाई दिने आठ दलबीच सैद्धान्तिक सहमति भएको छ ’, काँग्रेसका एक पदाधीकारीले भने।

प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),  जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेता सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.