सुवास नेम्वाङले गरे राष्ट्रपतिमा उम्मेदवारी दर्ता

डिसी नेपाल
१३ फागुन २०७९ १३:०४
80
Shares

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन् । उनले शनिबार दिउँसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका संसद सचिवालयले जनाएको छ ।

आज शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

पूर्वसहमति अनुसार राष्ट्रपति एमालेलाई दिन सत्ता गठबन्धन असहमत भएर पुरानै गठबन्धन ब्युँतिएपछि एमालेबाट राष्ट्रपतिमा  नेम्वाङले उम्मेदवारी दिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.