प्रभु साहको आम जनता पार्टीले पौडेललाई समर्थन गर्ने

डिसी नेपाल
१३ फागुन २०७९ २१:४३
120
Shares

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले रामचन्द्र पौडेललाई समर्थन जनाउने भएको छ। सो पार्टीका प्रचार विभाग प्रमुख चन्द्रभुषण साहले साँझ एक विज्ञप्ति जारी गर्दै पौडेललाई समर्थन गर्ने जनाएका हुन।

‘नेपालको राजनीतिमा विगतमा भए गरेका घटना परिघटना एवम अभ्यासलाई दृष्टीगत मध्यनजर गर्दै माननीय रामचन्द्र पौडेललाई हाम्रो पार्टी आम जनता पार्टीका समर्थन रहने विषय सबैमा सहर्ष जानकारी गराउन चाहान्छौं,’ प्रचार विभाग प्रमुख साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँ राष्ट्रिय एकताको प्रतिक बनि देश र जनताको सर्बोपरी हित बमोजिम आफनो जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्नुहुनेछ भन्ने गहिरो अपेक्षा एवम बिश्वाससहित जीतको अग्रिम बधाई एम शुभकामनासमेत व्यक्त गर्दछु ।’

आम जनता पार्टीसँगै राष्ट्रपतिको उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई समर्थन जनाउने दलको संख्या ९ पुगेको छ । पौडेल कांग्रेससहित नेकपा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, जनमत पार्टीले समर्थन जनाउने यसअघि नै निर्णय लिईसकेका छन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.