पृथ्वी विचारको सान्दर्भिकता

खगेन्द्रराज सिटौला
१५ फागुन २०७९ १०:२५

पृथ्वी विचार भनेको आधुनिक नेपाल राष्ट्रका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले आफनो जीवनको अन्तिम कालमा आफना भाइ भारदारहरुलाई दिएका निर्देशन विचारलाई पृथ्वी विचार भनिएको हो।

नेपाल एकीकरण अभियानमा पूर्वको काम सम्पन्न भै सके पछि पश्चिमतिर एकीकरणको योजना तयार गर्ने सिलसिलामा नुवाकोट दरबारमा विरामाी भएर थला परेपछि आफू मरे पनि नेपाल सधैं अमर हुनुपर्दछ भन्ने उच्च अभिलाषाले नेपाल जोगाउने र जगाउने शुत्र दिएर पृथ्वीनारायण शाहले राष्ट्र र जनता प्रति एकैपल्ट जिम्मेवारी र कर्तव्य निभाएका छन्।

यो विक्रम सम्बत १८३१ पुष महिनाको शायद दोस्रो हप्तातिर सार्वजनिक भएको हुनु पर्दछ यो विचार। दुःखको कुरा यति महत्वपूर्ण विचारको महत्व धेरै लामो समयसम्म पनि नेपालको नेतृत्वले बुझ्न सकेन।

पृथ्वीविचारलाई योगी नरहरिनाथले दिव्य उपदेश भन्न रुचाउनु भयो। पृथ्वी विचारलाई दिव्य उपदेश नामकरण गरेर पुस्तिकाको रुपमा सार्वजनिक गरेर नेपाली जनमा ऐतिहासिक कृतिलाई उपहार दिएर स्तुतीय काम गर्ने योगी नरहरीनाथ, इतिहासकार सूर्यविक्रम ज्ञवाली र इतिहास शिरोमणि बाबुराम आचार्यको जति प्रशंसा गरेपनि थोरै हुन्छ।

पृथ्वी विचार आधुनिक नेपालको एकीकरणसँगै उदाएको नेपालको माउ विचार हो भन्दा अत्युक्ति नहोला। यो नेपाल जोगाउने र जगाउने स्वदेशवादी मुल राष्ट्रिय चिन्तनधार पनि हो।

नेपालका छिमेकीहरुको प्रवृतिगत विश्लेषण पनि बस्तुनिष्ठ भएर पृथ्वी विचारले गरेको छ। पृथ्वीनारायणले गरेको छिमेकबारेको प्रवृतिगत विश्लेषण अहिले पनि परिवर्तन गर्नु पर्ने अवस्था देखिँदैन।

थोरै शब्दको धेरै शक्ति भएको विचार पृथ्वी विचार हो। यो नेपालको हरेक आजको विचार हो र हरेक भोलिको पनि निरन्तर विचार हो। पृथ्वी विचार नेपालको एकता, समानता, समृद्धि र शक्तिको साझा मूल विचार हो।

यो नेपाली विशेषताको प्रजातन्त्रको पहिलो पाइलो पनि हो। अर्थात् पृथ्वी विचार नेपालको पहिलो प्रजातन्त्रिक विचार हो। त्यसरी नै यो भ्रष्टाचार विरोधी सुशासनको लागि अघि सरेको नेपालको त्यतिकै दह्रो र खरो विचार पनि हो।

नेपालको सन्दर्भमा नेपाल एकीकरणको दौरानमा राजा र जनताको सहकार्यको अनुभवको निष्कर्ष समेत भएको राजविचार र जनविचारको सम्मिश्रण यो नेपाल विचार पनि हो। यो सफल नेपाल एकीकरणको आधार विचार पनि हो।

यो नेपाल एकीकरण अभियानसँगै नेपाली व्यवहार, अनुभव र यथार्थताबाट निस्किएको निचोड विचार भएकोले यसले भविश्यमा समेत नेपाललाई दिशा निर्देश गरिरहन सक्ने हैसियत राख्दछ।

यो नेपाल बनाउने, जोगाउने र जगाउने राष्ट्रिय चिन्तनधार भएकोले नेपाल एकीकरण पछि नेपालको हितमा मात्र उदाएका सबै विचारको माउ विचार हो।

पृथ्वी विचार नेपालको धरातलीय यथार्थता बुझेको, व्यवहार र अनुभवबाट सार खिचेको विचार भएकोले यो नेपालको लागि नेपालीले अघि सारेको वस्तुपरक र यथार्थवादी अग्रगमनको मूल राष्ट्रिय विचार हो।

पृथ्वीविचार नेपाली मौलिक प्रजातन्त्रको बीज हो भने सुशासन सामाजिक न्याय, समृद्धि र राष्ट्रिय सुरक्षा र विदेश नीतिको आधार विचार पनि हो।

पृथ्वी विचारमाथि उभिएर नेपालले मूल राष्ट्रिय नीति बनाएर अघि बढ्ने हो भने सबैखाले विकृति, विसंगति भ्रष्टाचार ढिलासुस्तिमाथि विजय हासिल गरेर गौरवशाली, बलशाली र समृध्द नेपाल बनाउनन् अरु कुनै देशी, विदेशी नेताहरुका विचारको सहारा लिनु पर्ने छैन। कृतिमता नभएको नेपाली माटो र मुटुको विचार हो पृथ्वी विचार।

परतन्त्र र भ्रष्टतन्त्र विरोधी स्वाधीन सम्पन्न स्वच्छ स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्र सामाजिक न्यायमा आधारित पूर्वीय आध्यत्मिक तथा साँस्कृतिक चिन्तनधारले निर्देशित सबै किसिमले बलिया नेपाली जनताको राष्ट्रिय एकताको प्रजातन्त्र एकै वाक्यमा बुझिने पृथ्वीविचारको सार र परिचय हो।

पृथ्वी विचार राज्य व्यवस्था साशन व्यवस्था सामाजिक व्यवस्था र मुलकको आर्थिक तथा साँस्कृतिक व्यवस्थाको मार्ग दर्शक विचार हो। यसले नेपालको चरित्र, विशेषता र आवश्यकतालाई राम्रोसँग केलाउन सकेको छ।

नेपाललाई कसरी एकतावद्ध, बलियो सम्पन्न बनाउन सकिन्छ भनेर सुस्पष्ट खाकाको एकमुष्ट नाम नै पृथ्वी विचार हो। जनताको तागतलाई उच्च महत्व दिएर प्रजातन्त्रको पाटो र बाटोलाई फराकिलो बनाएर स्वदेशीपन र मनको बलियो मुलुक बनाउने बलियो, गहिरो र फराकिलो विचारको नाम पृथ्वीविचार हो।

असल राज्यव्यवस्था र शासन व्यवस्था सन्चालन गर्न चाहिने सबै आवश्यक तत्व पृथ्वी विचारमा पाइन्छ। बहुजातीय मुलुकको विशेषतालाई आत्माशात गर्दै समावेशी प्रजातन्त्रका मूल तत्व पृथ्वी विचारमा पाइन्छ।

आधुनिक राज्यव्यवस्था संन्चालन गर्दा बनाइनु पर्ने राष्ट्रिय मुलनीतिलाई पृथ्वी विचारले सम्बोधन गर्न सक्दछ। नेपालको सन्दर्भमा कस्तो विदेश तथा छिमेक नीति लिँदा नेपालको हित हुन्छ, कस्तो सुरक्षा नीति लिँदा नेपालको समग्र सुरक्षाको प्रत्याभूत दिन सकिन्छ पृथ्वी विचारले सुस्पष्ट खाका अघि सारेको छ।

नेपालका छिमेकीहरुको प्रवृतिगत विश्लेषण पनि बस्तुनिष्ठ भएर पृथ्वी विचारले गरेको छ। पृथ्वीनारायणले गरेको छिमेकबारेको प्रवृतिगत विश्लेषण अहिले पनि परिवर्तन गर्नु पर्ने अवस्था देखिँदैन।

भौतिक, आर्थिक, नैतिक तथा सांस्कृतिक रुपले समेत राष्ट्रलाई कसरी सम्पन बनाउन सकिन्छ भन्ने सबै खाका पृथ्वी विचारमा छ। नेपालका संभावना केलाएर जनशक्ति र प्राकृतिक शक्तिलाई नेपालको हितमा कसरी सदुपयोग गर्न सकिन्छ भनेर प्राथमिकताको विकासनीतिसाथ पृथ्वी विचार अघि सरेको छ। पृथ्वी विचार स्वाधीन नेपालको स्वभिमानी विचार हो भन्दा अत्युक्ति हुँदैन।

विदेशीबाट शासित, स्वशित, आश्रित, निर्देशित तिरष्कृत, अपमानित वा उपेक्षित नहुने पृथ्वी विचार प्याकेज कै स्वदेशवादी विचार हो। नेपालीपन र नेपालीमनलाई एक ढिक्का बनाएर बलियो नेपालको योजना र सपना बोकोको नेपालमा कुनै विचार छ भने त्यो पृथ्वी विचार नै हो भनेर भन्न सकिन्छ तथ्यमाथि उभिएर। यो आफैंमा नेपालको समृध्दि र एकताको बलियो विचार हो।

पृथ्वी विचार नाम जस्तै विश्व विचार पनि हो। यसले विश्वभरका संयुक्त राष्ट्रंसंघमा रहेका हरेक सदस्य राष्ट्रहरुलाई निर्देशन गर्न सक्छ। हरेक सदस्य राष्ट्रहरु हुँदै संयुक्त राष्ट्रसंघलाई पनि यसले निर्देशन गर्न सक्छ।

नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले अघि सारेको विदेशी कपडाको मन्हाइ र स्वदेशी उत्पादनको जोड दिने विचार भारतमा स्वतन्त्र संग्राममा सफल प्रयोग गरे महात्मा गान्धीले अंग्रेजका उत्पादन बहिष्कार संगै चर्खा आन्दोलन चलाएर।

त्यसरी नै नेपालका उत्तर छिमेकी चीनका माओले पनि विदेशी महाजन आए कंकाल बनाउँछन् स्वदेशी महाजनलाई जोड र प्राथमिकता देउ भन्ने पृथ्वी विचारको अनुशरण गर्दै राष्टिय पूँजीपतिलाई जोड दिने नीति अघि सारेर उनको नयाँ जनवादी क्रान्ति सम्पन्न गरेका थिए।

विदेशी शक्ति विरोधी तथा नेपाल एकीकरणको दौरानमा समेत पृथ्वीनारायण शाहले सफल प्रयोग गरेको छापामार युद्ध शैलीको समेत माओले सफल प्रयोग गरेका थिए चीनको क्रान्तिमा।

यिनै दुइ मुलुकका दुई ठूला नेताले उनीहरु भन्दा ठूला र पुराना नेपालका बडानेता पृथ्वीनारायण शाहले अघि सारेका विचारको आंशिक सफल प्रयोग गरेको दृष्टान्तले पनि नेपालको पृथ्वी विचार अन्तर्राष्ट्रिय स्तरको विश्वविचार पुष्टि हुन्छ। पृथ्वी विचार आफैंमा प्याकेज विचार हो। यसका सबै केस्रा केलाउँदै थप ब्याख्याले पृथ्वीविचार विश्वलाई हाँक्न सक्ने विश्वस्तरको विचार हो भन्ने प्रमाणित र पुष्टि हुन्छ।

कस्तुरी मृगले आफ्नो नाभीमा भएको कस्तुरी विणाको बास्ना थाहा नपाएर बास्ना खोज्दै अन्यतिर भड्किए जस्तै नेपालको राजनीति पनि भड्किएको छ नेपाललाई जोगाउने र जगाउने पृथ्वी विचारको भेउ नपाएर वा बुझ पचाएर।

अब नेपाल पृथ्वीविचार तिर फर्कनु पर्दछ र नेपालको दशा र दिशा परिवर्तनको मूल राष्ट्रिय विचार मानेर यसलाई दह्रोसँग पक्रनु पर्दछ। यसले समानता, समृध्दि र एकता दिएर सवल सफल र उदाहरणीय नेपाल विश्वसामु प्रस्तुत गर्ने छ। त्यसपछि हाम्रो पृथ्वीविचार अरु मुलुकको लागि अनुकरणीय विचार भएर उदाउने छ।

हाम्रो राम्रो राष्ट्रिय चिन्तनधार याने पृथ्वी विचारका अनेक विधाका महत्वपूर्ण अंशहरुलाई आधुनिकीकरण र सामायिकीकरण गर्दै संयुक्त राष्ट्रसंघ लगायत अन्य यस्ता साझा बहुपक्षीय वा दुई पक्षीय अन्तराष्ट्रिय मन्चमा नेपालको प्रतिनिधित्व गर्नेले औपचारिक रुपले सम्बोधन गर्दा पृथ्वी विचारलाई उधृत गरेर नेपाली विचारको श्रेष्ठता अन्तराष्ट्रिय स्तरमा जाहेर गर्नु पर्दछ।

तपाईं जुन विधामा बोल्न चाहे पनि तपाइलाई पृथ्वी विचारले उर्जा दिइरहेको हुन्छ। सबै विधामा पृथ्वीविचारले छुन्छ र सम्वोधन गर्न सक्छ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको मुकुट ओढने उत्तराधिकारी हुन् या मुकुट तोढ्ने आलोचनाकारी हुन् दुबैले यसको मूल्य र महत्व बुझ्न नसकेर सबै किसिमले बलिया नेपाली जनताको बलियो नेपाल बनाउन सकेनन्।

यसलाई बदल्न नेपालीहरुको भ्रमपूर्ण सोचमा बदलाव आउनु पर्दछ र नेपाल बदल्ने शक्ति र जुक्ति पृथ्वी विचारमा खोज्नु पर्दछ। नेपालमा आत्मनिर्भर अर्थतन्त्र, समृद्धि र आर्थिक क्रान्तिका कुरा गर्ने योजना बनाउने सबै दल नेता, अर्थविद तथा योजनाविदहंरुले पहिला पृथ्वी विचार पढ्नु पर्दछ र यसैलाई मार्ग दर्शक विचार बनाएर अघि बढ्नु पर्दछ। सबैलाई चेतना भया।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *