बाँकेमा होली पर्व लक्षित सुरक्षा योजना

डिसी नेपाल
१९ फागुन २०७९ १५:१२
36
Shares

नेपालगञ्ज। प्रहरीले नजिकिँदै गरेको होली पर्वलाई लक्षित गरेर बाँकेमा सुरक्षा व्यवस्था कडा पारेको छ। पर्वमा कुनै आपराधिक घटना हुन नदिन ‘हाइवे चेकिङ’, एम्बुस चेकिङ, डग स्निफिङ, सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसीटिभी निगरानी, स्कटिङ, काउन्टर पार्टस्, क्विक रेस्पोन्स टिम र कमाण्ड पोष्टमार्फत सुरक्षा अवस्था निगरानी हुने गरी योजना बनाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।

विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरीको टोलीले पर्वमा हुनसक्ने आकस्मिक अप्रिय घटना रोक्न केही दिनअघिदेखि आफूहरूले काम सुरु गरेको उल्लेख गर्दै उहाँले लागुऔषध ओसारपसारलाई नियन्त्रण तथा रोकथामलाई चुस्त बनाउन सीमानाकामा विशेष जाँच अभियान सुरु गरेको बताए। “हामीले त्यो काम अझ प्रभावकारी होस् भनेर त्यसप्रकारको जाँचमा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिरहेका छौँ”, उनले भने।

पर्व लक्षित सुरक्षा योजनाबमोजिम सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसारलाई नियन्त्रण तथा रोकथाम गर्नका लागि जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय जमुनाहा, लागुऔषध नियन्त्रण ब्यूरो बाँके र के–नाइन शाखा कोहलपुर बाँकेद्वारा संयुक्तरूपमा ‘डग स्निफिङ’ तथा जाँच पनि सुरु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।

उनले खासगरी ‘डग स्निफिङ’ बाट केही लागुऔषध बरामद भएको र होटलहरूमा समेत परिचालन गर्ने तयारी भइरहेको बताए। “यहाँको सुरक्षा व्यवस्थालाई लिएर हामी गम्भीर भएर लागेका छौँ”, उनले भने। प्रहरीले सुरक्षा व्यवस्था चुस्त राख्नका लागि गण र गुल्महरूसँग पनि आवश्यक समन्वय गरेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *