अष्ट्रेलिया प्रहरीले ७० करोड डलरको लागुऔषध बरामद गर्यो, अहिलेसम्मकै ठूलो कारवाही
काठमाडौं । अष्ट्रेलियाको प्रहरीले लामो समयदेखि गुप्त कारबाहीपछि मेक्सिकोबाट आएको करिब ७० करोड डलरको लागुऔषधलाई अष्ट्रेलिया पुग्नबाट रोकेको छ । यो अष्ट्रेलियामा पक्राउ परेको लागूऔषधको सबैभन्दा ठूलो परिमाण हो।
अपरेसन बिच नामको प्रहरीको यो खुफिया अभियान गत नोभेम्बरमा दक्षिण अमेरिकाको तटबाट प्रहरीले २ दशमलव ४ टन लागुऔषध बरामद गरेपछि सुरु भएको हो । मेक्सिकोबाट लागुऔषध तस्करहरूले यो खेप अष्ट्रेलिया पठाइरहेका थिए।
खुफिया अभियानमा संलग्न एक प्रहरी अधिकारीले भने, “गत वर्ष नोभेम्बरमा हामीलाई २.४ टन कोकिन अस्ट्रेलियामा फैलाउन पठाइएको जानकारी थियो।”
अधिकारीले भने, “अमेरिकी कोस्ट गार्डको सहयोगमा करिब तीन टन कोकिनको प्याकेट इक्वेडरको तट नजिकै नियन्त्रणमा लिइएको थियो।”
इक्वेडरमा कोकेन बरामद गरेपछि, अष्ट्रेलियाका गुप्त पुलिस अधिकारीहरूले कोकेन प्लास्टर अफ पेरिसमा भरे र त्यसपछि यसलाई लिनको लागि किनारमा आएका १२ जनालाई पक्राउ गरे।







डिसी नेपाल







Facebook Comment