चीनले रक्षा बजेट सात प्रतिशतले बढायो, सेना बलियो बनाउन जोड
काठमाडौं । चीनले यो वर्ष आफ्नो सैन्य बजेट ७ प्रतिशतले वृद्धि गर्ने भएको छ ।
चिनियाँ संसदको अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ली केकियाङले बजेट वृद्धिको घोषणा गर्दै चीनलाई नियन्त्रण गर्ने प्रयास तीब्र भइरहेको बताए।
चीनले आफ्नो सेनामा वार्षिक दुई सय अर्ब डलर खर्च गर्दै आएको छ । यद्यपि चीनको यो बजेट आफ्नो प्रतिद्वन्द्वी अमेरिकाको तुलनामा चार गुणा कम छ ।
चीनले आफ्नो सैन्य बजेट आफ्नो अर्थतन्त्रको वृद्धिदरभन्दा बढी बढाएको छ ।
विश्लेषकहरू विश्वास गर्छन् कि चीनको सैन्य बजेटमा भएको यो वृद्धिले उसको सेनालाई बलियो बनाउने प्रतिबद्धतालाई जोड दिन्छ।
योसँगै जापानजस्ता अन्य क्षेत्रीय शक्ति राष्ट्रहरूले पनि आफ्नो सैन्य बजेट बढाइरहेका छन् ।
भारतले सन् २०२३-२४ को लागि ७२.४ बिलियन डलरको सैन्य बजेट घोषणा गरेको छ ।
सैन्य खर्चमा अमेरिका र चीनपछि भारत तेस्रो नम्बरमा छ ।
यद्यपि सन् २०२२-२३ को लागि भारतको सैन्य बजेट ७६.८८ अर्ब डलर थियो।







डिसी नेपाल







Facebook Comment