अल्लाह बाहेक कसैको अगाडि झुकेको छैन र झुक्ने छैन : इमरान खान
काठमाडौं । पाकिस्तान तहरीक-ए-इन्साफका नेता र देशका पूर्व प्रधानमन्त्री इमरान खानले आफ्नो जमान खानस्थित निवासमा पार्टी कार्यकर्ताहरूलाई उनीहरूलाई प्रोत्साहन दिन होइन धन्यवाद दिन बोलाएको बताएका छन्।
इमरान खानले आफू अल्लाह बाहेक कसैको अगाडि नझुकेको र नझुक्ने बताएका छन् । उनले भने, “यी चोर र डाँकुहरूले पाकिस्तानलाई जुन दिशामा पुर्याएका छन्, त्यसको प्रतिकार एउटा राष्ट्रले मात्र गर्न सक्छ।”
इमरान खानले भने, “आज पाकिस्तानको सबैभन्दा खराब समय हो, अर्थतन्त्र डुब्न थालेको छ। जसले यो देशलाई बर्बाद गरेको छ, उनीहरुको पैसा विदेशमा छ।”
“आज हाम्रो देश संसारको सामु अपमानित भइरहेको छ, क्राइम मिनिस्टरले पैसा मागिरहेका छन् । हिन्दुस्तानका च्यानल हेर्नुहोस, त्यहाँ पाकिस्तानको अपमान भइरहेको छ।”
इमरान खानले शरीफ र भुट्टो परिवारमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment