बसन्तपुरमा हाेलीकाे राैनक (फाेटाेफिचर)

अनिल पाेखरेल
२२ फागुन २०७९ ११:३९
204
Shares

काठमाडाैं। आज फागुन पुर्णिमा। आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।

फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ।

राजधानी काठमाडाैंकाे बसन्तपुरमा हाेली खेल्न मानिसहरू जम्मा भएका छन्। स्वदेशी तथा विदेशी पर्यकट यतिबेला राजधानीका बसन्तपुरलगायतका स्थानमा हर्षाेल्लासपूर्वक हाेली खेलिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *