बिहारकी पूर्व मुख्यमन्त्री राबडी देवीको घरमा सीबीआईको छापा
काठमाडौं । बिहारकी पूर्व मुख्यमन्त्री राबडी देवीको पटनास्थित घरमा सीबीआईले छापा मारेको छ । सोमबार बिहानैदेखि सीबीआईको टोलीले राबडीदेवीको सरकारी निवास १०, सर्कुलर रोडमा पुगेर अनुसन्धान गरिरहेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार सीबीआईको यो कारबाही कथित ‘जग्गाका लागि जग्गा घोटाला’ मामिलामा भइरहेको छ। बीबीसीलाई प्राप्त जानकारी अनुसार सीबीआई टोलीमा महिला र पुरुष दुवै समावेश छन्।
यो टोलीमा करिब १० जना छन् । सीबीआईको टोली राबडी निवासको मुख्य गेटमा पुगेर घरभित्र पस्यो । अहिले यो छापा मार्ने क्रम जारी छ । लालु यादव अहिले दिल्लीमा छन् ।
लालु यादवले रेलमन्त्री हुँदा रेल मन्त्रालयमा जागिर दिने सट्टा जग्गा लिएको दाबी छ । सन् २००८-०९ मा मुम्बई, जबलपुर, कोलकाता, जयपुर र हाजीपुर रेलवे जोनमा जग्गाको सट्टामा मानिसलाई रोजगारी दिएको आरोप छ । सीबीआईले यस कथित घोटालामा आरजेडी नेताहरूको घरमा छापा मारेको थियो।







डिसी नेपाल







Facebook Comment