फोहोरको थुप्रोमा आगलागी हुँदा हावा विषालु बन्यो, मानिसहरूलाई घरमै बस्न आग्रह
काठमाडौं । गत हप्ता केरलाको कोचीमा रहेको फोहोरको थुप्रोमा भएको आगलागीका कारण विषालु धुवाँले आसपासका क्षेत्रमा हावा निस्सासिएको छ । स्थानीय फोहोर व्यवस्थापन प्लान्टमा आगलागी भएको थियो, जहाँ दैनिक कैयौं टन फोहोर फालिन्छ।
नजिकै बस्ने मानिसहरूलाई घरभित्रै बस्न र बाहिर निस्कने अवस्थामा एन-९५ मास्क प्रयोग गर्न सल्लाह दिइएको छ। स्थानीय प्रशासनले साना बालबालिकाका लागि विद्यालय बन्द गर्ने घोषणा पनि गरेको छ ।
आइतबार राज्य सरकारले आगो नियन्त्रणमा लिइसकेको र छिट्टै निभाइने बताएको थियो । भारतका धेरै ल्यान्डफिल साइटहरूमा, फोहोरबाट मिथेन ग्यास निस्कने कारणले प्रायः आगलागीका घटनाहरू रिपोर्ट गरिएका छन्।
ब्रह्मपुरम वेस्ट प्लान्ट कोच्चि शहरको किनारमा छ। कोच्चि सहर प्राधिकरणले यस प्लान्टको सञ्चालनको निरीक्षण गर्दछ। अत्यधिक गर्मीका कारण हरेक वर्ष यस समयमा आगलागी हुने गरेको अधिकारीहरुले बताएका छन् ।
आगलागीका घटना बढ्दै गएको भन्दै स्थानीयले यसअघि पनि प्रदर्शन गरेका थिए । प्लाष्टिक जलाउँदा मानिसले अनेकौं घातक स्वास्थ्य समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ ।
आगलागीको धुवाँका कारण मानिसहरू चक्कर लाग्ने, वाकवाकी लाग्ने जस्ता समस्या पनि देखिन थालेका छन् । इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार हालसम्म करिब २० दमकलकर्मीले सास फेर्न गाह्रो भएको गुनासो गरेका छन् ।







डिसी नेपाल







Facebook Comment