लालु यादवलाई सीबीआईको सोधपुछप्रति छोरी रोहिणी आचार्य आक्रोशित, भनिन्- ‘कसैलाई छोड्दिन’

डिसी नेपाल
२३ फागुन २०७९ १५:२८
76
Shares

काठमाडौं । आरजेडी नेता लालुप्रसाद यादवकी छोरी रोहिणी आचार्यले सीबीआईको सोधपुछप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्नो बुबालाई दुर्व्यवहार भइरहेको बताएकी छिन् ।

सिङ्गापुरबाट मिर्गौला प्रत्यारोपण गरी लालुप्रसाद यादव भर्खरै भारत फर्किएका छन् । उनकी छोरी रोहिणी आचार्यले मिर्गौला दान गरेकी छिन् ।

सोमबार, सीबीआईले कामको लागि कथित जग्गा घोटालामा पटनामा राबडी देवीसँग सोधपुछ गर्‍यो। यस मामिलामा मंगलबार सीबीआई लालुप्रसाद यादवलाई सोधपुछका लागि पुगेको थियो ।

लालु यादव अहिले आफ्नी छोरी तथा आरजेडी सांसद मीसा भारतीको घरमा छन् ।

रोहिणी आचार्यले ट्विट गर्दै लेखेकी छिन्, “पापालाई यी मानिसहरूले दुर्व्यवहार गरिरहेका छन्। यिनीहरूको उत्पीडनको कारणले कुनै समस्या भयो भने दिल्लीको कुर्सी हल्लाउनेछौं।अब सहिष्णुताको सीमाले जवाफ दिँदैछ।”

लालु यादवले रेलमन्त्री हुँदा रेल मन्त्रालयमा जागिर दिने सट्टा जग्गा लिएको दाबी छ । सन् २००८-०९ मा मुम्बई, जबलपुर, कोलकाता, जयपुर र हाजीपुर रेलवे जोनमा जग्गाको सट्टामा मानिसलाई रोजगारी दिएको आरोप छ । सीबीआईले यस कथित घोटालामा आरजेडी नेताहरूको घरमा छापा मारेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *