२८ जनाको क्रेडिट कार्डबाट महिलाले करोडौं चोरिन्, आफ्नै श्रीमानले जेल हालिदिए
काठमाडौं । २८ जनाको क्रेडिट कार्डबाट एक महिलाले करिब १5 करोड रुपैयाँ ठगी गरिन् । तर उनको अपराध उनका श्रीमानले नै खुलासा गरेका थिए । तर, पतिले नजानेर यस्तो गरेका थिए । श्रीमानले आफ्नी श्रीमती ठगीको सिकार भइन् भनी सोचे तर वास्तविकतामा उनी आफैँ ठग थिइन् ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार ती महिला चीनको सिचुआन प्रान्तकी हुन् । उनको उपनाम ली हो। लीले २८ धनी व्यक्तिको क्रेडिट कार्डबाट ठगी गरी करिब १५ करोड रुपैयाँ (८ मिलियन युआन) हिनामिना गरेकी थिइन् । त्यही पैसाले उनी विलासी जीवन बिताइरहेकी थिइन् ।
यसैबीच, लीका श्रीमानलाई उनीमाथि शंका लाग्यो। वास्तवमा, उनले लीको ३०० भन्दा बढी क्रेडिट कार्ड स्टेटमेन्ट हेरे। उनलाई आफ्नी श्रीमती कुनै ठगीमा फसेको महसुस भयो ।
त्यही भएर उनले श्रीमतीलाई खबर नगरी प्रहरीलाई खबर गरेका थिए । तर जब अनुसन्धान भयो तब चकित पार्ने सत्य बाहिर आयो, प्रहरी अधिकारीले ली पीडित नभई ठगी गर्ने व्यक्ति भएको बताए ।
यति मात्र होइन, सन् २०१६ देखि ली यस ठगीमा संलग्न रहेको पनि अनुसन्धानमा खुलेको छ । हालै ती महिलालाई अदालतमा पेश गरिएको थियो ।
एक अन्वेषकले भने- लीका श्रीमानले आफ्नी श्रीमतीलाई ८० लाख युआनभन्दा बढी ठगिएको बताए । श्रीमानले दिएको जानकारीका आधारमा अनुसन्धान थाल्दा ली पीडित नभई ठगी गर्ने व्यक्ति भएको थाहा भयो ।
ऋण तिर्न नसकेपछि लीले यो अपराध गरेको प्रहरीले आरोप लगाएको छ । उनले आफूलाई सरकारी कर्मचारीको रूपमा चिनाउँदै ३ सयभन्दा बढी क्रेडिट कार्ड र २८ जनाको डेबिट कार्डको डाटा सङ्कलन गरेकी थिइन् । त्यसपछि वर्षौंसम्म उनीहरूलाई धोका दिइरहिन्।







डिसी नेपाल







Facebook Comment