पोल्याण्डमा जासुसी नेटवर्कको पर्दाफास, रुसका लागि जासुसी गरेको आरोप

डिसी नेपाल
४ चैत २०७९ १०:५७
36
Shares

काठमाडौं । पोल्याण्डका अधिकारीहरूले पुष्टि गरेका छन् कि उनीहरूले छ विदेशी नागरिकलाई देशलाई हानि पुर्‍याउने षड्यन्त्र र रुसका लागि जासुसी गरेको अभियोग लगाएका छन्।

ती व्यक्तिहरू युक्रेनलाई सैन्य र अन्य सहायता सामग्रीको आपूर्तिमा अवरोध पुर्‍याउने अभियानमा रहेको उनीहरूले बताएका छन्।

पोल्याण्डका आन्तरिक मन्त्री मारियस कामिन्स्कीले संदिग्ध जासूस नेटवर्कले रेलवे लाइनहरूको निगरानी गरिरहेको र युक्रेनमा पठाइने सहायता आपूर्तिहरू ट्र्याक गर्न क्यामेरा, इलेक्ट्रोनिक उपकरण र जीपीएस ट्रान्समिटरहरू जडान गर्ने उद्देश्य रहेको बताए।

रुसी गुप्तचर एजेन्सीले यस समूहलाई यो कामका लागि पैसा दिएको प्रमाण रहेको उनले बताए ।

संदिग्धहरु कुन देशका नागरिक हुन् भन्ने बारे जानकारी नआए पनि उनीहरु पोल्याण्डको पूर्वी सिमानाबाट देश प्रवेश गरेको बताइएको छ । जासुसीको आरोपमा थप तीन जनालाई पक्राउ गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *