युक्रेनले भन्यो– रुससँगको लडाइमा देशहरूको व्यवहार सम्झिइनेछ

डिसी नेपाल
४ चैत २०७९ ११:०३
52
Shares

काठमाडौं । युक्रेनले आफूसँग राम्रो व्यवहार नगर्ने देशलाई युद्ध समाप्त भएपछि जिम्मेवार बनाइने बताएको छ ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले बीबीसीलाई दिएको विशेष अन्तर्वार्तामा भविष्यमा सम्बन्ध निर्माण गर्दा रुसको आक्रमणका बेला कुन देशले के निर्णय गरे भन्ने कुरालाई ध्यानमा राखिने बताए ।

उनले पश्चिमा मुलुकबाट हतियार ल्याउन ढिलाइ भएको कुरा पनि उठाए । कुलेबाले हतियार पाउनमा ढिलाइ युक्रेनका जनताको ज्यान जाने कारण हुने बताए ।

उनले भने– हतियार पाउन एक दिन पनि ढिलो भयो भने कसैको हत्या हुन्छ भन्ने हो ।

कुलेबाले लडाइँ अन्त्य गर्न रुस वार्ताका लागि खुला हुने कुनै सङ्केत नभएको तर हरेक युद्ध वार्ताबाट टुङ्गिने बताए ।

चीनको सन्दर्भमा युक्रेनका विदेशमन्त्रीले हालसम्म चीनका राष्ट्रपति र युक्रेनका राष्ट्रपतिबीचको वार्ताको प्रयास सफल हुन नसकेको बताए ।

उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनवार्ताका लागि राष्ट्रपति तयार रहेको बताए । यद्यपि उनले रुसलाई चीन हतियार दिन तयार रहेको अवस्था बनेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *