नयाँ आख्यान

दिनेश घिमिरे
११ चैत २०७९ १४:३८
92
Shares

हरेक अध्यायलाई संशोधन गर्दै
नयाँ आख्यान बनाउन खोज्छु
पुराना मशकहरू यताउता भाग्छन
नयाँ दुलहीको स्वागत आफैं माथि
उठाने बिन्ती जत्तिकै भएको छ।

कस्ले बिडो उठाएरआफूसित राख्ने
कस्लाई कुन युगको चिन्ता छ र
सबै आफ्नै मसानमा लम्पसार
आफुले आफैलाई चिथोरेर
जीवन भनेर चिच्याई रहेछन्।

युगको भलाईको निम्ति एउटा
नयाँ अध्याय संशोधन प्रस्तावमा
यात्रामा समयले प्यास भरिदिन्छ
काकाकुल समय भोगिरहेछु आज

समय बेरितीसँग पृथ्वीमाथि बज्रिरहेछ
विलुप्त आवाज उकेलिरहेछ
नयाँ आख्यानको आवाजहरूमा
ऋतुहरू यत्रतत्र भाषा बोलिरहेछन
संवेदनहीनता मान्छे आफैलाई
आफ्नै कठघरामा राखिरहेछ।

हे स्वरूपहरू आउ नवपनमा
नयाँ जीवित आख्यान बनाउन
मानवताको जीवित आख्यान
आफैमा अपनत्वको स्वामित्व
स्वधर्म अनि सेवामा मिलेका
भावहरूको स्वरहरू बोकेका
नयाँ आख्यान बनाउन आउ।

विरूवा भक्तपुर।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *