कविता : आमा

शंकरप्रसाद रिजाल
१८ चैत २०७९ ६:५९
112
Shares

आमा तिमी गर्भ लिने मलाइ
आमा तिमी जन्म दिने मलाइ,
म जन्मिए गर्भ विशे रमाएँ
सानो तिम्रो गर्भाकासमा म तिल्मिलाएँ।

तिम्रो बासनाको अदम्य खेलमा म पनि रमाएँ
हजार सूर्यको जस्तो तेजमा म तिर्मिराएं,
तिम्रो आकास जस्तो धर्तीमा म पनि निदाएँ
तिम्रो बिशाल जिउमा म कताकता बिलाएँ।

आखीर मेरो द्वार खुलिगयो
चेतनाको मुस्कान फुटी गयो र तिमीले
दिएको संस्कार खुली रह्यो।

मेरो सुरक्षामा कुनै कमी रहेन
ठूलो हावाहुरीले पनि केही गरेन,
घामको तापले पनि केही गरेन
कुनै चिसोले पनि केही गरेन।

हजार सैनिकहरुको पहरा भन्दापनि बलियो
दिई सुरक्षा पनि भित्रको,
सानो कोठा पनि कत्ति दरिलो
धन्य आमा तिमी कत्ति बलियो।

मेरो पीडाले तिमी छटपटायौ
मेरो पीडामा तिमी चल्मलायौ,
आमा तिमी आकास समान
आमा तिमी पृथ्वी समान।

सक्तिन आमा तिमीलाई कहिल्यै
भन्दिन आमा तिमीलाई कहिल्यै
सकिन मैले तिमी बुझ्नलाई
सकिन मैले तिमि पुज्नलाई।।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *