तातोपानी नाका आजबाट एक साता बन्द हुने

डिसी नेपाल
२८ चैत २०७९ ६:३८
320
Shares

काठमाडौं। पूर्ण रुपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ।

नेपालस्थित चिनियाँ दूतावासका अनुुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पूर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखि बैशाख २ गतेसम्म बन्द हुने भएको हो।

‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिँदै भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’

यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखि बैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *