स्वास्थ्य क्षेत्रको अनुसन्धानमा सरकारले लगानी गर्ने : गृहमन्त्री

डिसी नेपाल
२९ चैत २०७९ २१:२३
56
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि सरकारले लगानी गर्ने बताएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको ‘स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवाँै राष्ट्रिय सम्मेलन’को समापन गर्दै उनले स्वास्थ्य क्षेत्रको अध्ययन अनुसन्धानमा सरकारले लगानी गर्ने बताए । उनले स्वास्थ्य अनुसन्धानले नै स्वास्थ्य सुधारमा प्रगति ल्याउने भन्दै नेपालमा अनुसन्धानको काम यथेष्ट हुन नसकेकोसमेत बताए ।

गृहमन्त्री श्रेष्ठले नेपालमा गरिएका स्वास्थ्य अनुसन्धानले जनतालाई स्वास्थ्यमा सचेतना ल्याउनेसमेत बताए । उनले स्वास्थ्य अनुसन्धानमा बढीभन्दा बढी समुदायलाई सहभागी गराउनुपर्ने भनाइ राखे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले सम्मेलनबाट प्राप्त भएका सुझावलाई स्वास्थ्य नीति निर्माणमा समेट्ने बताए ।परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले सम्मेलनबाट प्राप्त भएका निष्कर्षले सरकारको नीति निर्माणमा सहयोग पु¥याउने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *