कोरोनाबाट एकैदिन २ जनाको मृत्यु, १७१ जनामा संक्रमण पुष्टि

डिसी नेपाल
५ वैशाख २०८० १६:४१
196
Shares

काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप दुई जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको हो भने थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

९८० जनाको पीसीआर परीक्षण गर्दा १०५ जना र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा कोरोना संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार २ हजार २९२ नमुना परीक्षण गरिएको थियो।

योसँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ३९७ जना पुगेको छ। संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ। मंगलबार ८५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *