ओमन पुर्‍याएर मानवबेचबिखन गरेको अभियोगमा २ जना पक्राउ

डिसी नेपाल
७ वैशाख २०८० २०:५३
68
Shares

काठमाडौं । वैदेशिक रोजगारका लागि ओमन पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ईलाम फाकफोकथुम गाउँपालिका–६ घर भई काठमाडौं गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बु र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका भैसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङ रहेका छन् ।

उनीहरुले पीडित व्यक्तिलाई वैदेशिक रोजगारको लागि ओमनमा फ्रि भिषा फ्रि टिकटमा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमन पुर्‍याई ३ हजार ५०० ओमनी रियलमा ओमनका नागरिकलाई बेचेका थिए ।

ती ओमानका मालिकले शारिरीक तथा मानसिक यातना दिई आफ्नो घर तथा अफिसको काममा लगाई राखेको अवस्थामा अचानक बेहोश भई पुनः फिर्ता गरेपछि यो रहस्य खुलेको हो । पीडित नेपाली राजदूतावासको सहयोगमा नेपाल फर्किएका छन् । उनलाई बिक्रि गर्नेहरुमाथि मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थपको अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *