नेपालले पहिला ब्याटिङ गर्दै, एक परिवर्तन
काठमाडौं। एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गतको आज नेपालले ओमानसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
यस्तै मुलपानी मैदानमा युएइ र हङकङबीच प्रतिस्पर्धा हुनेछ। यसअघि भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । आज नेपालले गुल्शन कुमार झालाई बाहिर राख्दै करन केसीलाई समावेश गरेको छ ।
खेलको समुह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन । सो खेलको सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।
नेपाली टिमः रोहित कुमार पौडेल, आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भिम शार्की, सन्दीप लामिछाने, कुशल मल्ल, आरिफ शेख, करन केसी
No ads found for this position


डिसी नेपाल
Facebook Comment