चट्याङ पर्दा बेहोस भएका तीन जनाको होस खुल्यो

डिसी नेपाल
८ वैशाख २०८० २०:०८
4.5k
Shares

लमजुङ । लमजुङको घलेगाउँमा शुक्रबार दिउँसो चट्याङ पर्दा बेहोस भएका तीन जना घाइते होसमा आएका छन् । तीनै जनाको बेंसीसहरस्थि लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो साँढे ३ बजेतिर परेको चट्याङले घलेगाउँको खेलमैदान र विद्यालय नजिकै पाखो चौरमा रहेका उनीहरु बेहोस भएर घाइते भएका थिए । मेघ गर्जनसहित पानी परिरहेको बेला चट्याङ पर्दा क्व्होलासोंथार गाउँपालिका ३, बगुमका ३५ वर्षीय डिलेश्वर गुरुङ, मर्स्याङ्दी गाउँपालिका १ घनपोखराका १९ वर्षीय चेतकुमारी गुरुङ र मर्स्याङ्दी गाउँपालिका ८ आमबोटेका १५ वर्षीय आकाश घले बेहोस भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *