अहिले कुनै पार्टीसँग एकता होइन, महाधिवेशनको तयारीमा छौंः झलनाथ खनाल

डिसी नेपाल
९ वैशाख २०८० १३:५३
340
Shares

जनकपुर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी महाधिवेशनको तयारीमा लागेको बताएका छन ।

जनकपुर बिमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा एसका नेता खनालले त्यसकारण कुनै पार्टीसँग तत्काल एकता हुन नसक्नेसमेत जनाएका छन्।

‘हामी महाधिवेशन गर्ने दिशामा अघि बढदैछौं, अहिले कुनै पार्टीसँग एकीकरण गर्ने कुनै सम्भावना नै छैन्,’ खनालले सञ्चारकर्मीसँग भने, ‘तर, साझा सवालमा मिलेर जान हाम्रो पार्टी तयार छ ।’

पुर्व प्रधानमन्त्रीसमेत रहेका खनालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार हुदाँ पनि पुर्णता पाउन नसकेकोमा चिन्ता ब्यक्त गरे ।

‘अब नवौं पटकमा पुर्णता पाउला भन्ने अपेक्षा गरौं’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.