बारामा उपेन्द्र यादव झनै पछि, कुशवाहको अग्रता बढ्यो

डिसी नेपाल
११ वैशाख २०८० १६:०५
10.1k
Shares

काठमाडौं । बारा २ मा प्रारम्भिक अग्रता लिएका जसपाका उम्मेदवार उपेन्द्र यादव झन् झन् पछि पर्दै गएका छन् । जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता बढाइरहेका छन् ।

यसअघि उपेन्द्र यादव ५७ मतले पछि परेका थिए । तर अर्को अपडेट आउँदासम्म उनी १०८ मतले पछि परेका छन् ।

पछिल्लो नतिजाअनुसार यहाँ कुशवाहले ८९५ मत पाएका छन् । उपेन्द्र यादवले ७८७ र एमालेका पुरुषोत्तम पौडेलले ५२३ मत पाएका छन् । रास्वपाका रमेश खरेलले २३९ मत पाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.