सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित, अर्को पेसी २४ गते
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ समय अभावका कारणले स्थगित भएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।
सरकारी वकिल र जाहेरवालाहरूको केही अधिवक्ताको बहस भएको र जाहेरवालाहरूले लामो बहस भएकाले आजको सुनुवाइ नभ्याइएको उनले बताए । अर्को पेशी २४ गतेलाई तोकिएको छ ।
प्रतिक्रिया
Facebook Comment