कविता : ढकमक्क

दिनेश घिमिरे
१८ वैशाख २०८० १०:५९
180
Shares

कैयन् आँधीहरू आए कुनै रूकेनन्
फेरि नयाँ तुफानको कुराइमा
बिरूवामा नयाँ पालुवा चढेको छ
मानौ मनै ढाँक्ने गरी ढकमक्क।

कुनै अस्थिरताको निमन्त्रणा हो यो
शान्त छ मुर्दा शान्ति प्रकृतिमा आज
को कुन्नि कस्को चालमा अबुझ छ
मानौ प्रकृति फुल्दैछ ढकमक्क।

कुनै बिनाशको तयारी हो यो
आकाश फरक कराइरहेछ आज
प्रकृति भित्र आउने असमानतामा
मानौ आकाश फुल्दैछ ढकमक्क।

कुनै असमानताको खेल हो यो
सडकमा जीवन जुधिरहेछ आज
कुन चोकमा कुन जीवन रोइरहेछ
मानौ आँशु फुल्दैछ ढकमक्क।।

कैयन् जीवनहरूको संभावना हो यो
बाँच्नेहरूको प्रतिस्पर्धा चलिरहेछ
कुन युगमा कुन युद्धको तयारी हो
मानौ बिरूद्ध फुलिरहेछन ढकमक्क।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *