लामिछानेले दिलाए नेपाललाई पाँचौँ सफलता

डिसी नेपाल
१८ वैशाख २०८० १०:१८
680
Shares

काठमाडौं। एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपालले पाँचौं सफलता पाएको छ । बलिङमा आक्रमक रुपमा उत्रिएको नेपालका लागि पाँचौण विकेट सन्दिप लामिछानेले लिएका छन् ।

यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट लिएका थिए। यससँगै यूएईले ५१ रनमा ५ विकेट गुमाइसकेको छ।

कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर यूएई नेपालसँग भिड्न आइपुगेको हो। नेपाल हालसम्म ११ वटा खेलसम्म अपराजित रहेको छ। आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.