देश अप्ठेरो अवस्थामा पुगेको भन्दै पूर्वराजा ज्ञानेन्द्रले गरे पुरानो गौरव फर्काउन आह्वान
नेपालगञ्ज। पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका छन्।
बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र मुलुक पनि अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका हुन्।
उनले उद्योग धन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले पनि लाखौ युवाहरु विदेशीन बाध्य भएको जिकिर गरे।
शाहले लामो अवधिसम्म पनि नेपाल र नेपालीको अवस्था पुरानै परिस्थीतिमा रहेको भन्दै देशबासीको अवस्था सुधार गर्ने र जनतालाई शान्ति सुशासनका साथै समृद्धिका गर्ने आफुहरुको भावना, धारणा र नारा रहेको धारणा राखे।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment