बुटवलवाट पक्राउ परेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

डिसी नेपाल
२१ वैशाख २०८० ६:५२
1.2k
Shares

काठमाडौं। पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन्। वुटवलवाट नेकपा एमालेका सचिवसमेत रहेका रायमाझीका छोरा सन्दिप पक्राउ परेका हुन्। आजै उनलाई अदालतमा पेश गरिनेछ।

रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन्।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा बुधबार काठमाडौं प्रहरीले पूर्वमन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ।

बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोरा र थापाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेलाई अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.