बृहत र्‍यालीसहित कोभेन्ट्रीमा २५६७ औँ बुद्ध जयन्ती सम्पन्न

बिजय भुसाल
२३ वैशाख २०८० १९:१५

बेलायत। कोभेन्ट्रीमा भगवान् बुद्धको २५६७ औँ बुद्ध जयन्ती मनाइएको छ। कोभेन्ट्री नेपाली समाज बेलायतको आयोजनामा कोभेन्ट्रीस्तिथ सेन्टर पुस्तकालयमा बुद्धको बारेमा लेखिएका पुस्तकहरु हस्तान्तरण गरी २५६७ औं बुद्ध जयन्ती मनाइएको हो।

सोही अवसरमा नेपाली भाषामा लेखिएको भागवत गीता पुस्तक पनि पुस्तकालयलाई हस्तान्तरण गरिएको छ।

मे ५ तारिक शुक्रबार दिउँसो बृहत शान्ति र्‍यालीसहित गरिएको कार्यक्रम दिउँसो १ बजे बाट कोभेन्ट्री सिटी सेन्टर पुस्तकालय हुँदै गासफोर्ड पार्कमा आएर समापन भएको थियो।

स्मरण रहोस् विगतमा पनि उक्त सेन्टर पुस्तकालयमा कोभेन्ट्री नेपाली समाजकै पहलमा नेपाली भाषाका पुस्तकहरु समावेश गरिएको थियो। विश्वका विभिन्न थुप्रै भाषाका विभागहरु समावेश गरिएको उक्त पुस्तकालयमा नेपाली भाषाको विभाग पनि समावेश गरिएको छ।

उक्त कार्यक्रममा पुस्तक ग्रहण गर्दै पुस्तकालय प्रमुख ऐनी ब्राउनले आफ्नो मन्तब्य दिँदै कोभेन्ट्री नेपाली समाज प्रति खुसी ब्यक्त गरेकी थिइन्। त्यसै गरी समाजका अध्यक्ष सन्तोष पौडेलले आगामि दिनमा पुस्तकालय प्रति समाजको अझ जिम्मेवारी रहेको कुरा बताएका थिए।

साहित्यकार भरत कुमार श्रेष्ठले पुस्तकालय पुस्तक ब्यवस्थापनमा सहयोग गर्दै आगामी दिनमा अझै पुस्तकहरु समावेश गरिने कुरा भएका थिए।

पुस्तक हस्तान्तर पश्चात ब्यानर र नेपाली झण्डासहितको उक्त र्‍याली गासफोर्ड पार्कमा आएर भगवान गौतम बुद्धको मुर्तिलाई पूजा गरेको थियो। कार्यक्रमको अन्तिम चरणमा जिवन विज्ञान प्रशिक्षक अन्जना गुरुङले बुद्धको बारेमा प्रवचन दिँदै कोभेन्ट्रि नेपाली समाजलाई धन्यवाद ब्यक्त गरेकी थिइन्।

अध्यक्ष पौडेलले उक्त बुद्ध जयन्ति कार्यक्रमलाई सफल बनाउनको लागि विभिन्न साथीहरुले आर्थिक सहयोग गर्ने इच्छा ब्यक्त गरेको कुरा उल्लेख गर्दै कोभेन्ट्री नेपाली समाजले कतै बाट पनि आर्थिक सहयोग नलिएको जानकारी गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *