नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैनः गण्डकी सांसद जुग्जाली

डिसी नेपाल
२४ वैशाख २०८० १०:२८
3.3k
Shares

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली(सुविन)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै उनले म्याग्दीमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी गिरोहमा संलग्न रहेको भन्दै सञ्चार माध्यममा आएको समाचारबारे ध्यानाकर्षण भएको जनाउँदै उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका हुन्।

‘म्याग्दी जिल्लामा कसैलाई मैले अमेरिका लैजाने भनेर ठगी गरेको भए कानूनी प्रक्रिया अपनाउन आग्रह गर्दछु । मेरो नाम लिएर कोही कसैले पैसा उठाएको छ भने पनि पीडितको न्यायको लागि साथ दिन तयार छु’,उनले भनेका छन्।

यो पनि पढ्नुस्

नक्कली भुटानी शरणार्थी प्रकरणः सहायक गिरोह म्याग्दीमा चार वर्षदेखि सक्रिय


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *