५४ तोला सुन र ८ केजी चाँदीसहित तीन जना पक्राउ

डिसी नेपाल
२४ वैशाख २०८० ११:२२
468
Shares

विराटनगर। कोशी प्रदेश प्रहरीले ५४ तोला सुन र आठ केजी चाँदीसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ६१ विनोद कुमार मुरारका, उनकी ५६ वर्षीया श्रीमती पुष्पा मुरारका र भ्यान चालक विराटनगर–२ का ५२ वर्षीय विमल कामत रहेका छन्।

विराटनगरको रानी नाकाबाट भारततर्फ लैजान लागेको अवैध ५४ तोला सुन र आठ केजी चाँदीसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका विनोद दुगड ग्रुपका लेखापाल रहेको अनुसन्धानमा खुलेको छ ।

उनी आफ्नो घर भारतको विहार कटिहार जान लागेका थिए। उनीहरुको साथबाट ५४ तोला सुन, आठ केजी चाँदी र ७ लाख ९५ हजार २८९ भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार बरामद गरिएको सामान करिब ९० लाख मूल्य बराबरको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *