संसद्का नवनियुक्त सचिवद्वयद्वारा शपथ र पदभार ग्रहण

डिसी नेपाल
२४ वैशाख २०८० १३:०२
120
Shares

काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनियुक्त दुई सचिवले आइतबबार पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गरेका छन्।

सिंहदरवारस्थित संघीय संसद् सचिवालयमा आइतबार प्रतिनिधिसभाको सचिवमा नियुक्त पदमप्रसाद पाण्डेयले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए भने राष्ट्रियसभाको सचिवमा नियुक्त डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष शपथ ग्रहण गरेका हुन्।

शपथ लिएपछि उनीहरुले आ-आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.