सांसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर जेठदेखि : सभामुख घिमिरे
काठमाडौँ। सभामुख देवराज घिमिरेले संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम जेठ महिनादेखि सुरु हुने जानकारी गराएका छन्।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुने जानकारी गराएका हुन्।
सरकार सदनप्रति उत्तरदायी हुनुपर्ने बताउँदै उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय भने कानुन मन्त्री, मुख्य सचेतकसँग छलफल गरेर निर्धारण गरिने बताए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment