हतियार कारोबारमा म संलग्न छैन : रक्षामन्त्री खड्का

डिसी नेपाल
२५ वैशाख २०८० ८:५२
3.4k
Shares

काठमाडौँ। उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्काले आफु हातहतियार खरिदमा संलग्न नभएको बताएका छन्।

नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तमा आफ्नो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खड्काले आफ्नो संलग्नता अस्विकार गरेका हुन्।

‘केही दिनदेखि मेरो नाम समेत जोडेर केही सञ्चार माध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका विविध प्रकृतिका समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ खड्काले भनेका छन्, ‘म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिद सम्बन्धि कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहान्छु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *