नक्कली शरणार्थी प्रकरणः

बयान लिने तयारी गरेको चाल पाएपछि बालकृष्ण खाण आफैं पुगे प्रहरी कार्यालय

सहयोग गर्ने बचन दिएर फर्के

डिसी नेपाल
२५ वैशाख २०८० २२:४३
9.0k
Shares

काठमाडौं। पूर्वगृहमन्त्री बालकृष्ण खाँण काठमाडौं प्रहरी परिसर पुगेर प्रहरीलाई सहयोग गर्ने बचन दिएर साँझ फर्केका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका खाँण काठमाडौ प्रहरी परिसर पुगेर सहयोग गर्ने बचन दिएको स्रोतले जनाएको छ।

प्रहरी उच्च स्रोतका अनुसार सोमबार साँझ आफैँ परिसर पुगेका थिए। उनले आफूमाथि लागेको आरोप असत्य भएको बताएका छन्।

सो प्रकरणमा पक्राउ परेका आरोपीहरुले खाँणकी पत्नीले करोडौै रुपैयाँ लिएको र खाँणको घरमा ४ करोड ७५ लाख लगेको दाबीसहितको अडियो सार्वजनिक भएपछि खाँणको संलग्नताबारे प्रहरीले शंकाको घेरामा राखेको थियो।

प्रहरीले केही दिनमै खाँणसँग बयान लिने तयारी गरेको चाल पाएपछि उनी आफै प्रहरी कार्यालय पुगेर अनुसन्धानमा सहयोग गर्ने बचन दिएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.