माधव नेपाल र वामदेव गौतमबीच छलफल, पार्टी एकता होला?

डिसी नेपाल
२६ वैशाख २०८० १७:०६
2.3k
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवर्ता भएको छ।

मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपालका अलवा महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधार, नेता जीवनराम श्रेष्ठ सहभागी थिए।

नेताहरुबीच पार्टी एकताका विषयमा कुराकानी भएको समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार एकताका विषयमा भएको छलफल सकरात्मक रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.