पार्टीको निर्देशनपछि टोपबहादुर रायमाझीले आफैं गिरफ्तारी दिने तयारी
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफैं गिरफ्तारी दिने तयारी गरिरहेका छन्।
स्रोतका अनुसार यही प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेपछि रायमाझी दबाबमा छन्। उनले आजै गिरफ्तारी दिन सक्ने स्रोतको दावी छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको क्रममा रायमाझीको संलग्नता हुन सक्ने देखिएपछि प्रहरीले उनीविरुद्ध बैशाख २० मै पक्राउ पुर्जी जारी गरिसकेको छ।
पक्राउ पुर्जी जारी भएपनि रायमाझी अझैसम्म फरार छन्। अब दबाबमा आएका उनले आफैं महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएर गिरफ्तारी दिने तयारी गरेको स्रोत बताउँछ।
रायमाझीलाई उनको पार्टी नेकपा एमालेले पनि कानुनी बाटोबाटै लड्न भनेको बताइएको छ। रायमाझी एमालेका सचिव हुन्। हिजो एमालेको सचिवालय बैठक बसेको थियो।
बैठकले रायमाझीलाई कानुनी शासनको पालना गर्न र यो प्रकरणमा कानुनलाई सहयोग गर्न निर्देशन दिने निर्णय गरेको पार्टीका एक उच्च तहका नेताले बताए।
आज पूर्व गृहमन्त्री खाँड पक्राउ परेपछि दबाब झनै बढेको छ। बढ्दो दबाबका बीच रायमाझीलाई कानुनी बाटोबाटै लड्नका लागि मनाउन एमालेमाथि पनि दबाब बढेको छ।
यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजोको सचिवालय बैठकमा रायमाझी आफ्नो सम्पर्कमा पनि नरहेको बताएको ती नेताले बताए ।







डिसी नेपाल








Facebook Comment