उद्योग मन्त्री रिजाल र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता गरेका छन्।
बुधबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, व्यापार तथा लगानी लगायत विविध विषयमा कुराकानी भएको मन्त्री रिजालको सचिवालयले जनाएको छ ।
भेटमा मन्त्री रिजालले नेपालको विकास लगायतका विविध क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोग सह्रानीय रहेको बताए। आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुंदै जानेमा आफु विश्वस्त रहेको मन्त्री रिजालले स्पष्ट पारे।
नेपाल र अमेरिकाबीच वर्षौदेखिको मित्रता रहेको बताउदै मन्त्री रिजालले अमेरिकी राजदूत डिन आर थम्पसनको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझै प्रगाढ रहने विश्वास ब्यक्त गरे।
भेटका क्रममा मन्त्री रिजालले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुदा समेत नेपाल व्यापार प्राथमिकता कार्य्रक्रम जस्तो कार्य्रक्रमलाई अमेरिकाले कुनै न कुनै रुपमा निरन्तरता दिनको लागि अमेरिकी राजदूत थम्पसन मार्फत अमेरिकी सरकारसँग आग्रह गरेका छन्।
त्यसैगरी सुचना, संचार तथा प्रविधि, उर्जा र कृषि लगायतका क्षेत्रमा अमेरिकाबाट प्रत्यक्ष वैदेशिक लगानी भएको बताउदै मन्त्री रिजालले लगानी बढाउँन र विविधिकरण गर्नको लागि अमेरिकी राजदूत थम्पसनको अधिकतम प्रयास रहने अपेक्षा समेत ब्यक्त गरे।
भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको आर्थिक वृद्धिमा नीतिगत रुपमा सहयोग गर्ने बताए। लगानीको वातावरण थप सुद्धिढ गराउन जोड दिदै अमेरिकी राजदूत थम्पसनले नेपालको विकासमा अमेरिकी सरकारको हर सहयोग रहने विश्वास समेत दिलाए।







डिसी नेपाल








Facebook Comment