पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

डिसी नेपाल
२७ वैशाख २०८० १६:३०
932
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको छ ।

बुधबार बिहान पक्राउ परेका खाँणलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगेको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.