प्यालेस्टाइनीहरूले सयौं रकेट प्रहार गरे, इजरायली हवाई आक्रमण जारी

डिसी नेपाल
२८ वैशाख २०८० १०:५८
344
Shares

काठमाडौं । प्यालेस्टिनी चरमपन्थीहरूले गाजा पट्टीबाट इजरायलतर्फ ३५० भन्दा बढी रकेट र तोप प्रहार गरेका छन् । इजरायलले पनि प्यालेस्टिनी लक्ष्यहरूमा हवाई आक्रमण जारी राखेको छ।

इजरायलको आकाशमा विस्फोटको आवाज सुनिएको थियो। प्यालेस्टिनीहरूले प्रहार गरेका अधिकांश रकेटहरू इजरायलको आइरन डोम डिफेन्स सिस्टमले हावामा खसालेको थियो।

विगत दुई दिनमा इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा १९ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायलले पनि इस्लामिक जिहादका धेरै कमाण्डर मारेको दाबी गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल लामो सैन्य अभियानका लागि तयार रहेको बताएका छन् । उनले इजरायलले गाजामा पनि कडा आक्रमण गर्न सक्ने बताए ।

इस्लामिक जिहादले पनि बदला लिने चेतावनी दिएको छ र इजरायलमा जुनसुकै बेला पनि प्रतिकारात्मक हमला गर्न सकिने बताएको छ।

बुधबार गाजा पट्टीमा धेरै ठूला विस्फोटको आवाज सुनिएको थियो र आकाशमा धुवाँ उठेको देखियो।

गाजा बाहेक, प्यालेस्टिनी मिडियाले उत्तरी सहर बेत लाहिया र दक्षिणी सहर रफाहमा हवाई आक्रमण गरेको रिपोर्ट गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *